गाउँका स्वास्थ्य केन्द्र फेरीदै , स्थानीयहरु आँगनमै सेवा पाउँने

दिप्तीशिखा चौधरी
दंगीशरण , १ कात्तिक । स्थानीय तह भएसंगै अहिले जनताहरुको सेवा सुबिधाका लागि स्थानीय सरकारले भौतिक निर्माणलाई विशेष प्राथमिक्तामा राखेको छ । बर्षदेखि स्वास्थ्य, शिक्षा, खोपानी जस्ता अत्यावश्यक सेवाबाट बञ्चित भएका स्थानीय जनताहरु अहिले गाउँमै सेवा लिन पाईरहेकाछन् ।

दंगीशरणबासीहरुको सेवा सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रमा स्टाफ क्वाटर भवन निर्माण गरिएको छ । दंगीशरण गाउँपालिका वडा न. ६ स्थित प्राथमिक स्वास्थ्य चौकि वागरको भौतीक पूर्वाधार थपीएपछि स्वास्थ्य केन्द्र फेरीएको छ । बाथरुम ईलेक्ट्रीकल र स्यानटरी सहित को ८ कोठे स्टाफ क्वाटर भवन निर्माण भएको छ । स्टाफ क्वाटर निर्माण भएसंगै अव दंगीशरणबासीहरु २४ घण्टा सेवा लिन पाउँने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना, नेपाल सरकार सहरी विकास मन्त्रालय ,शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय दाङले सो भवन निर्माण गरेको हो । भवन, कम्पाउण्ड वाल गरि करिव ९९ लाखमा निर्माण कार्य सम्पन्न भएको ईन्जीनीयर टिकाराम पोख्रेलले बताए । २०७४ भाद्र महिनामा निर्माण ब्यवसायी लुम्बिनी सास्ंकृतिक एसोसियसन प्रा.लि. रुपन्देहि संग खरीद सम्झौता गरि निर्माण कार्य शुरु गरेको भवन यहि भाद्र महिनामा निर्माण कार्य सम्पन्न भएको हो ।


अध्यक्षद्धारा नवनिर्मित भवनको उद्घाटन
यसैबिच दंगीशरण गाउापालिकाका अध्यक्ष भागिराम चाधरीले शुक्रबार एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन गरेका छन् । अध्यक्ष चौधरीले रीवन काटेर भवनको उद्घाटन गर्दै स्वास्थ्य केन्द्र बागरलाई हस्तानतरण गरेका हुन् । सो अवसरमा उनले दंगीशरणबासीहरु केहि बर्षमै आफनै गाउँ ठाउमा सेवा सुविधा पाउँने बताए । उनले सडक, खानेपानी, स्वास्थ्य , शिक्षालाई प्राथमिक्तामा राखेको भन्दै जनताको मागलाई मध्यनजर गर्दै विकाश निर्माणका कार्यलाई अगाडि बढाउँने बताए । यस्तै वडा न. ६ का अध्यक्ष टंक बहादुर वलीले भवन निर्माण पश्चात पश्चिमबासीका लागि स्वास्थ्य सुधारका लागि उपयूक्त स्वास्थ्य चौकिको रुपमा स्थापीत रहेको बताए । हेल्थ असीस्टेन दोर्ण वलीले जनताहरुको सेवाका लागि अवका दिनमा आपतकालीन र इर्मजेन्सी सेवा संचालन गर्नुपर्ने भन्दै मेनपावर उपलब्ध गराउँनुपर्ने आवश्यक रहेको बताए ।


स्वास्थ्य सस्ंथाको भौतिक विवरण
५ बिघा ६ कट्ठामा रहेको स्वास्थ्य केन्द्र २०५२ सालमा स्थापना भएको हो । पिउँने पानी प्रयाप्त मात्रामा रहेको स्वास्थ्य चौकिमा विजुली बत्ती, सौचालय ,विरामी जाच्ने सामग्री , वर्थीङ् सेन्टरको ब्यवस्था रहेको छ भने औषधि प्रयाप्त मात्रामा रहेको छ । त्यस्तै स्वास्थ्य चौकिमा सुत्केरी सुविधा, परिवार नियोजनका साधन पनि प्रयाप्त मात्रामा रहेको छ । मासीक ८ सय देखि २१ सय सम्म बिरामी आउँने गरेको स्वास्थ्य चौकिमा १२ जनाको दरबन्दी रहेकोमा अहिले ९ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगी सहित ११ जना कर्मचारी रहेका छन् भने करारमा ६ जना कर्मचारी रहेको स्वास्थ्य केन्द्र बागरका डाक्टर रविन गौतमले जानकारी दिए । स्वास्थ्य चौकिमा थप सुविधाका लागि फर्नीचरका सामग्रीको आवश्यक रहेको उनको भनाई छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित