रेडक्रस घोराही उपशाखाको सभापतिमा पुनः चौधरी, सचिवमा बुढाथोकी

नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको सभापतिमा पुनः थम्मन चौधरी निर्विरोध निर्वाचित भएकाछन ।

उपशाखाको आइतबार घोराहीमा भएको १२ औं अधिवेशनबाट चौधरी पुनः सभापतिमा सर्वसम्मत चयन भएका हुन । त्यस्तै घोराही उपशाखाको उपसभापतिमा सावित्रा राना, सचिवमा इन्द्रबहादुर बुढाथोकी, कोषाध्यक्ष्मा दुर्गा खत्री उपसचिवमा किरण पौडेल, उपकोषाध्यक्षमा महेश गुप्ता चयन भएकाछन् ।

यस्तै सदस्यहरुमा सुशिला आचार्य, इन्दिरा न्यौपाने पोख्रेल, हर्कबहादुर घर्ति, सनत गिरी र शशिधर पोख्रेल निर्वाचित भएकाछन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित