भर्चुअल मार्फत टिकापुर आन्दोलन संस्मरण शुरु, ‘ टिकापुर सामाजिक न्यायको आन्दोलन हो’

घोराही, ४ भदौं । थारु पत्रकार संघ नेपाल र ख्याल बगालको संयुक्त आयोजनामा भर्चुअल मार्फत टिकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम विहिबारदेखि सुरु भएको छ ।

तीनदिनसम्म चल्ने टिकापुर आन्दोलन संस्मरण–२०७७ कार्यक्रम अन्तर्गत पहिलो दिन टिकापुर विद्रोहः अभियन्ता दृष्टि विषयमा छलफल भएको हो ।
थरुहट आन्दोलनका अभियन्ता एवं थरुहट थारुवान संयुक्त मोर्चाका संयोजक लक्ष्मण थारु, थारु कल्याणकारिणी सभाका केन्द्रीय सहमहामन्त्री मिनराज चौधरी, मानवअधिकार कर्मी दिलबहादुर थारु संग सम्वाद गरिएकोथियो ।

टिकापुर विद्रोहः अभियन्ता दृष्टि विषयमा भागलिदै थरुहट आन्दोलनका अभियन्ता लक्ष्मण थारुले टिकापुर आन्दोलन जातिय आन्दोलन नभई सामाजिक र राजनीतिक न्यायको लागि भएको बताए । सामाजिक, साँस्कृतिक राजनीतिक र संवैधानिक न्याय नहुदासम्म आफुहरुको आन्दोलन जारी रहने उनले दाबी गरे । अहिले कोभिड १९ को कारणले हाम्रो आन्दोलनकोे अभियान केहिदिनको लागि स्थगित भएपनि केहि महिनापछि फेरी सशक्त आन्दोलन गर्ने चेतावनी दिए । लोकतन्त्र गणतन्त्रलाई संस्थागत गर्दै संघीयताको रक्षाको लागि र आदीवसाी, जानजाीत थारु, मधेशी पछाडी पारिएको समुदायको अधिकार स्थापित गर्नको निमत्त सधै लागिपर्ने कुरामा जोड दिए ।

यसैगरि थारु कल्याणकारिणी सभाका केन्द्रीय सहमहामन्त्री मिनराज चौधरीले असमन्ता विभेदको विरुद्धमा थारुहरुको न्यायको निम्ती टिकापुर आन्दोलन भएको बताए । थरुहट संयुक्त मोर्चासंग भएको विभिन्न सहमति, सम्झौताहरु सरकारले कार्यान्वयन नगर्दासम्म आन्दोनल जारी रहउने उनले बताए ।
त्यसैगरि मानवअधिकारकर्मी एव नागरिक अगुवा दिलबहादुर चौधरी राज्यपुनसंरचना गर्द हरेक नेपालीको अधिकार संविधानमा समेतिन्छ तर यो देशको चौथो जनसंख्या भएको थारु समुदायको अधिकार संविधानमा नसमेतिएकोहँुदा टिकापुर आन्दोलन भएको बताए । यो ऐतिहासिक थारु विद्रोह हो । यो विद्रोह जातिय विद्रोह होइन, अधिकारको लागि गरिएको विद्रोह हो, थारुहरुले आफ्नो न्यायको लागि गरिएको आन्दोलन भएकाले राज्यले थरुहटको मागलाई सम्बोधन गर्ने पर्ने कुरामा जोडदिए । कार्यक्रमको सहजीकरण लेखक एवं रंगकर्मी प्रणव आकाश र लेखक अनुसन्धानकर्ता इन्दु थारुले गरेका थिए ।

यसैगरि टिकापुर आन्दोलन संस्मरण दोस्रो दिन आन्दोलनमा मिडियाको निष्पक्षता विषयमा छलफल हुने छ । उक्त विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, लेखक एवं विश्लेषक चन्द्रकिशोर, वरिष्ठ पत्रकार कृष्णराज सर्वहारी, कान्तिपुर दैनिकका समाचारदाता गणेश चौधरीसंग छलफल हुने छ भने कार्यक्रमको सहजीकरण पत्रकार ठाकुरसिंह थारुले गर्ने कार्यक्रम रहेको थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहितले जानकारी दिए ।
त्यसैगरि कार्यक्रमको अन्तिमदिन टिकापुरपछि थरुहट आन्दोलनको कार्यदिशा विषयमा छलफल हुने छ । टिकापुरपछि थरुहट आन्दोलनको कार्यदिशा विषयमा थरुहट आन्दोलनका अभियन्ता लक्ष्मण थारु, योगेन्द्र चौधरी, सिएन चौधरी र युवा नेता सिताराम चौधरीसंग छलफल हुने आयोजक सस्थाले जानकारी दिएको छ ।

सवि थारू

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित