गाउँघर मात्र हैन, विचार र व्यवहारमा पनि सरसफाइ गरौंः मेयर चौधरी

घोराही, ११ असोज । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गाउँघर मात्र हैन, विचार र व्यवाहरमा पनि सरसफाइ गर्नुपर्ने कुरामा जोडदिएकाछन् । थारु कल्याणकारिणी सभा क्षेत्र नं. २ दाङले शनिवार घोराही उपमहानगरपालिका वडा नं. ७, सिसहनिया स्थिति नमुना थारु ग्राममा आयोजित सरसफाई तथा वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर चौधरीले यस्तो कुरामा जोड दिएकाहुन ।

मेयर चौधरीले गाउँघर, टोललाई सरसफाइ गर्नु नै हाम्रो स्वास्थ्यलाई सरसफाई गर्नु हो, त्यसेलै यो अभियानलाई निरन्तरता दिदै विचार र व्यवहारमा पनि सरसफाई गर्नु जरुरी रहेको बताएका थिए । नमुना थारु ग्राम थारु समुदायको परम्परागत कला, संस्कृतिसंग जोडिएकोले यसको संरक्षण र प्रवद्र्धन गर्नका लागि सवैको दायित्व रहेको बताउदै मेयर चौधरीले घोराही उपमहागनगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए । नमुना थारु ग्रामलाई होमस्टेको रुपमा विकास गरि व्यवसायिकतासंग जोड्न मेयर चौधरीले सुझाव दिएकाथिए ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं. २ का अध्यक्ष अनिल चौधरीको अध्यक्षतामा भएको सरसफाई तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपिराम चौधरी, नमुना थारु ग्रामका अध्यक्ष बेझलाल चौधरी, थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, लौव अग्रासन साप्ताहिकका केवि चौधरी, सामाजिक अभियन्ता विकास चौधरी लगायतले बोलेकाथिए भने कार्यक्रमको सहजीकरण विकास चौधरीले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित