नेकपाले छान्यो उम्मेदवार, दाङमा विमला, पोखरामा विद्या

काठमाडौं, १८ कार्तिक । दाङ क्षेत्र नं. ३ ख को प्रदेश सभा सदस्यको लागि विमला वलीलाई उम्मेदवार बनाएको छ । मंसिरमा हुने उपचुनावमा नेकपा सचिवालयको आइतबार बसेको बैठकले दाङ क्षेत्र नं. ३ ‘ख’ मा विमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दाङमा प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक् दुर्घटनामा निधन भएको थियो । उनको निधन पछि रिक्त रहेको ठाउँमा नेकपाका स्थानिय नेता शोभाराम बस्नेत, चुर्ण बहादुर वली र विमला वलीको नाम उम्मेदवारको लागि सिफारिस गरिएकोथियो । उम्मेदवार बनाइएकी वली उत्तरकुमारकै पत्नी हुन् ।
त्यसैगरि नेकपाको सचिवालयले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराई पुरानै नेतृ एव स्वर्गिय अधिकारीको पत्नी हुन् ।

यसैगरि नेकपा सचिवालयले अर्को अनपेक्षित निर्णय पनि गरेको छ । जस अनुसार बाग्लुङको क्षेत्र नम्बर ‘ख’मा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ । यस वापत जनमोर्चाले उपचुनाव हुने अन्य ठाउँमा नेकपालाई समर्थन गर्ने भएको छ ।राजमोले केन्द्रमा नेकपासँग तालमेल गरे पनि स्थानीय तहमा अन्य पार्टीसँग पनि तालमेल गर्ने निर्णय गरेको छ । राजपाले प्रधानमन्त्री अ‌ोली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाग्लुङको सो क्षेत्रमा अ‌ाफ्नो पार्टीलाई समर्थन गर्न अ‌ाग्रह गरेको थियो ।

त्यसैगरि नेकपाले भक्तपुर १ क प्रदेश सभामा देवीप्रसाद ढकाललाई र धरान उपमहानगरमा प्रकाश राईलाई मेयरको उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । नेकपा सचिवालयको बैठक साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित