मुक्त कमलरीहरुको जिम्मा स्थानीय सरकारले लिनुपर्नेमा जोड

घोराही, ५ कार्तिक । मुक्त कमलरीहरुको सम्पुर्ण जिम्मेवारी अब स्थानिय सरकारले लिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोडदिएकाछन् । प्लान नेपाल इन्टरनेशनलको आयोजनामा मंगलबार भएको मुक्त कमलरीहरुको उच्च शिक्षा छात्रबृत्ति सहयोग परियोजना समापन सम्वन्धि जिल्ला स्तरिय सरोकारवाला निकायसंग वैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोडदिएकाहुन् ।
सदियो बर्षदेखि दासताको जिवन विताइ रहेको कमलरीहरुलाई मुक्त गराई उनिहरुलाई शिक्षा, दिक्षा देखि रोजगारीसम्म संघसस्थाहरुले पु¥याएको योगदनको प्रंशसा गर्दै अब सम्पुर्ण मुक्त कमलरीहरुको शिक्षा देखि उनिहरुको जिविकोपार्जनका लागि स्थानिय सरकारले जिम्मा लिनुपर्ने निश्कर्ष निकालेका हुन् ।


लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले समाज परिवर्तनका लागि संघसस्थाहरुले महत्वपूर्ण भुमिका खेलेको बताउदै एउटा कलंका रुपमा रहेको कम्लरी प्रथा उन्मुलन भएको छ । नेपाल सरकारले पनि कमैया, कमलरी प्रथा अन्त्य गरेको घोषणा गरेता पनि अझैपनि कहि कतै लुकिछुपि कमैया, कम्लरी राख्ने परम्परा रहदै आएको सुनिएको छ, नगरप्रमुख केसीले भने, –‘यदि कहि कतै त्यस्तो छ भने उनिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्नका लागि लमही नगरपालिका सधै सहयोग गर्ने तयार छ ।’ देशलाई समृद्ध बनाउनका लागि मुक्त कमलरीहरुको जीवन स्तरलाई माथि उठाउन जरुरीरहेको बताउदै नगरप्रमुख केसीले भने, –‘लमही नगरपालिका भित्र रहेका सम्पुर्ण मुक्त कमलरीहरुको शिक्षा, स्वास्थ्यको जिम्मा नगरपालिका लिन्छ नै उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरपालिका तयार छ ।’

यसैगरि घोराही उपमहानगरपालिलकाका उपप्रमुख सिता न्यौपानेले परियोजना सकिएपनि कुनै न कुनै तरिकाले मुक्त कमलरीहरुलाई सहयोग गर्न प्लान नेपाललाई सुझाव दिएकाथिइन् । मुक्त कम्लरीहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सिपमुलक तालिमहरु उपमहानगरपालिकाले पनि सहयोग गर्दै आएको बताउदै उपप्रमुख न्यौपानेले आगामीदिनमा घोराही उपमहानगरपालिलकाबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकिथिइन्, ।

यसैगरि गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले पनि मुक्त कम्लरीहरुको आयआर्जनका लागि विभिन्न तालिमहरु संचालन गरिरहेको बताएकाथिए । मुक्त कमलरीहरुको हितका लागि कमलरी क्षेत्रमा काम गर्ने संघसस्थाहरुसंग सहकार्य र समन्वय गर्दै आगामी दिनमा गढवा गाउँपालिलकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाथिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलको अध्यक्षतामा भएको वैठकमा महिला अधिकारकर्मी हुमा डिसी, पत्रकार बसुन्धरा गौतम,मुक्त कमलरी नैना कुमाल लगायतले बोलेकाथिए । प्लान नेपालकी क्षेत्रिय प्रवन्धक मिना पराजुलीको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रममा प्लान नेपालका दयाराम चौधरीले प्लान नेपालले २००६ देखि हाल सम्म गरेको गतिवीधिको विषयमा प्रस्तुतिकरण गरेकाथिए भने कार्यक्रमको सहजीकरण फिल्ड सहयाक स्नेहालता श्रेष्ठले गरेकिथिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित