![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/sc3-1.jpg)
घोराही, २७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि दुइ स्वतन्त्र सहित ७ जनाले उमेद्वारी दर्ता गराएकाछन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकाका लागि विहान १० देखी दिउँसो १ बजे सम्म वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीहरुले उमेद्वारी दर्ता गराएका हुन् ।
![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/20191113_121114-1-1024x768.jpg)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगरले उमेद्वारी दर्ता गराएका छन ।
![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/20191113_115410-2-1024x768.jpg)
त्यसैगरि स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वलीले उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । निर्वाचन आयोगले तोकेको समयमा उमेद्वारहरु बाजागाजा सहित उमेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय अदालत परिसरमा पुगेका थिए । (हेर्नुस तस्विरसहित)
![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/20191113_115933-1024x768.jpg)
![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/20191113_125732-1024x768.jpg)
![](https://agrasankhabar.com/wp-content/uploads/2019/11/cc-1024x769.jpg)