घोराही १६ को वडा अध्यक्ष लागि स्वतन्त्र सहित ७ जनाको उमेद्वारी ( फोटो फिचर)

घोराही, २७ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि दुइ स्वतन्त्र सहित ७ जनाले उमेद्वारी दर्ता गराएकाछन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनकाका लागि विहान १० देखी दिउँसो १ बजे सम्म वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीहरुले उमेद्वारी दर्ता गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजबादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगरले उमेद्वारी दर्ता गराएका छन ।

त्यसैगरि स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वलीले उमेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । निर्वाचन आयोगले तोकेको समयमा उमेद्वारहरु बाजागाजा सहित उमेद्वारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय अदालत परिसरमा पुगेका थिए । (हेर्नुस तस्विरसहित)

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित