सांसद चौधरी नाका पुगेपछि…..

शिवु खनाल

देउखुरी, ९ कार्तिक । दाङको मुसिनाकामा पहिलो पटक पुगेका संघिय सांसद मेटमणि चौधरी अचम्म परे । जस्को कारण हो, मुसिनाकाको जनजीवन र विकासको गति देखेर उनि आफुले सोचेको भन्दा बढि चिन्तित हुनु । जम्मा तीस घरधुरी संख्या रहेको मुसिनाका स्थानियहरुसंग छलफल गर्दै संघिय सांदस मेटमणि चौधरीले नाकाको विकासको लागी दिर्घकालिन योजना बनाएर नाका क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाए ।

दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएका संघीय सांसद मेटमणि चौधरी पहिलो पटक नाका क्षेत्रमा प्रवेश गरेकाथिए । सांसद चौधरीले नाका क्षेत्रका बाटोघाटो विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार लगायतका विभिन्न मुख्य समस्याहरु बारे स्थानियहरु संग बुझ्दै, आफ्नै कार्यकालमा नाकाको विकासको प्रतिवद्धता ब्यक्त गरे । सांसद चौधरीले भने,–’म निर्वाचित भएपछि पहिलो पटक आउने मौका पाए र अव आउँदा विकास पनि लिएर आउँछु ।’

नाकामा एम्बुलेन्स् विस्तार गर्ने

यसैविच संघीय सांसद मेटमणि चौधरीले नाका क्षेत्रहरुमा एम्बुलेन्स् सेवा विस्तार गर्ने बताएकाछन् । विहिवार मुसिनाकाका स्थानियहरुसंग छलफल गर्दै स्वास्थ्य सेवाबाट बञ्चित भएका नाकावासिहरुलाई स्वास्थ्य क्षेत्रको पहुँचमा पु¥याउने उद्देश्यले नाका क्षेत्रहरुमा एम्बुलेन्स् सेवा विस्तार गर्ने बताएकाहुन् । भारतिय भुमि हुदै कोईलावास देखि जरूवा, टडवा – चितवढगढ बन्धा-जंगलको बाटो हुदै संघीय सांसद चौधरीले केन्द्रीय सकारले पहिलो प्राथमिकता बाटोलाई दिएको बताउदै नाकाहरुमा ट्र¥याक खोली नाकालाइ सडक संजालसंग जोड्ने पर्ने बताएकाथिए ।

सांसद चौधरी सहित नेपाल कम्युनिष्ट पार्टि (नेकपा) दाङ निर्वाचन क्षेत्र नं.१ को संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य मिना गुरूङ्, गढवा गाउँपालिका नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) कोइलावासका अध्यक्ष खालिक सिद्दिकि, युवा नेता मोहम्मद याकुब, गौरवसिंह महरा लगायत मुसिनाकामा पुगेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित