सुनिता ट्रष्ट फाउण्डेशनद्धारा सेनिटरी प्याड वितरण

सुनिता ट्रष्ट फाउण्डेशनले घोराही २ स्थित प्रावि पलासेमा प्रजनन् स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा निशुल्क सेनिटरी प्याड वितरण गरेको छ । प्रावि पलासेमा अध्ययनरत छात्रा र अभिभावक गरेर १८ जनालाई सेनिटरी प्याड वितरण गरिएको हो ।

विहिबार एक कार्यक्रम आयोजना गरेर विद्यालयमा अध्यनरत छात्रा र अभिभावकहरुलाई सेनिटरी प्याड वितरण गरिएको फाउण्डेशनकी सस्थापक सदस्य मिरा चौधरीले बताइन् । महिनावारीको समयमा छात्राहरुलाई विद्यालयमा असहज नहोस् भनेर विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको उनले बताइन् ।

‘महिनावारी भएको समयमा छात्राहरुको नियमति कक्षा छोडने समस्या छ, उनले भनिन्,-‘यस्तो समस्या नआओस भनेर फाउण्डेशन मार्फत विद्यालयमा पुगेर प्रजनन् स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रमसंगसंगै सेनिटरी प्याड वितरण गरेको हो ।’ उनका अनुसार ग्रामिण महिला उत्थान केन्द्रद्धारा प्रवद्धित सुनिता ट्रष्ट फाउण्डेशनले स्थापना कालदेखि दलित, विपन्न तथा अभिभावक विहिन बालबालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

फाउन्डेशकी सस्थापक सदस्य मिरा चौधरीको अध्यक्षतामा भएको प्रजनन् स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा निशुल्क सेनिटरी प्याड वितरण कार्यक्रममा विद्यालयका प्र.अ. चाम वहादुर विकले यो कार्यक्रमले छात्राहरुकाे पढाइप्रति थप हौसला बढ्ने बताए । त्यसैगरी महिनावारी भएको समयमा विद्यालय छोड्ने जस्ता समस्या न्यूनिकरण हुनसक्ने र अभिभावकहरु पनि आफ्नो प्रजनन् स्वास्थ्य बारे सचेत हुनेछन् भन्दै उनले ग्रामिण महिला उत्थान केन्द्रलाई धन्यवाद समेत दिएकाथिए ।

कार्यक्रममा सामाजिक अभियन्ता रजनी श्रेष्ठ, ग्रामिण महिला उत्थान केन्द्रकी पार्वती बस्नेत लगायतले बोलेकाथिए भने कार्यक्रमको सहजीकरण फाउण्डेशनकी सहजकर्ता कमला शर्माले गरेकी थिइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित