केन्द्रकाे २६ औं बार्षिकोत्सव, महिलाहरुलाई आत्मनिर्भर बनाउनमा केन्द्रको महत्वपूर्ण भूमिकाः उप्रमुख न्यौपाने

घोराही, २१ मंसिर । पछाडि पारिएको महिला, समुदाय, बर्गको क्षेत्रमा काम गर्दै आइरहेको ग्रामिण महिला उत्थान केन्द्रले आफ्नो २६ औं बार्षिकोत्सव मनाएको छ । आइतबार घोराहीमा एक कार्यक्रम आयोजना गरेर केन्द्रले आफ्नो बार्षिकोत्सव भब्य रुपमा मनाएको हो ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने

केन्द्रको २६ औं बर्षिकोत्सवलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेले ग्रामिण महिलाहरुको जीवन स्तरलाई माथि उठाउनमा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको प्रंशसा गरिन । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उपप्रमुख न्यौपानेले ग्रामिण महिला उत्थान केन्द्रले आफ्नो स्थापना कालदेखि पछाडि पारिएका समुदाय, महिलाहरुको आर्थिक सशक्तिकरण संगसंगै उनिहरुलाई आत्मनिर्भर बनाउनमा ठूलो सहयोग गरेको बताइन् । आगामीदिनमा पनि संस्थाले विगतका कमिकम्जोरीलाई सुधार गर्दै अझ सशक्त रुपमा अगाडि बढ्न शुभकामना समेत ब्यक्त गरिन ।

ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी

यसैगरि ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले संस्थाको स्थापनाकालदेखि महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि शिक्षा, स्वास्थ्य, सुशासनसँगै आर्थिक शसक्तिकरण लगायत विभिन्न कार्यक्रम गर्दै आएको बताइन । महिलाहरुलाई शसक्तिकरणसंगै आर्थिक रुपमा सक्षम र सवल बनाउनमा लागिपरेको बताइन् । अहिलेसम्म सस्थाद्धारा संचालित लघुवित्तमा ४० हजार महिलाहरुको आवद्ध छन्, भने लघुबित्तका माध्यमबाट हजारौं महिलाहरुलाई उद्यमी बनाएको उनले जानकारी दिइन् । ‘हामीले महिलाहरुलाई आत्मनिर्भर र सशक्त समाज निर्माण गर्ने उद्देश्यले २०५१ साल मंसिर २१ गते सस्थाको स्थापना गरेका थियौं, उनले भनिन्, सोहि अनुसार आफुहरुले ग्रामिण भेगका महिला, समुदाय बर्गको उत्थानको निमित्त विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौं ।’

जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली

त्यसैगरि कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीले केन्द्रले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन महत्पुर्ण भूमिका खेलेको कुरामा जोड दिए । सामन्य नागरिकलाई चेतनासँगै लघुवित्तका माध्यमबाट उद्यमी बनाउन र सुशासनका क्षेत्रमा केन्द्रले राम्रो काम गरेको प्रंशसा गरेकाथिए । केन्द्रकी सदस्य मिना गिरीको स्वागत मन्तव्यबाट सुरु भएका कार्यक्रमको सहजिकरण संस्थाका परियोजना संयोजक भिमकान्त चौधरीले गरेकाथिए भने संस्थाको बारेमा अर्को परियोजना संयोजक नविन चौधरीले प्रकाश पारेकाथिए । ०५१ सालमा स्थापना भएको सस्थाले दाङ, बाँके, प्यूठान, सल्यान, रोल्पा लगायत जिल्लामा शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक शसक्तिकरण तथा लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित