नारायणपुरमा निशुल्क सिकलसेल एनिमियाको शिविर, ४१ जनामा पोजिटिभ

दाङको नारायणपुरमा सिकलसेल एनिमियाको निशुल्क शिविर सञ्चालन गरिएको छ । ग्रामिण महिला उत्थान केन्द्रको आयोजना तथा अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेट लाईफ पुल्चोक ललितपुरको सहयोगमा र घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वयमा निशुल्क सिकलसेल एनिमियाको चेकजाँच शिविर आयोजना गरिएको हो ।

शिविरको उदघाटन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ती भएकाले कुनै पनि रोगसँग खेलवाड गर्न नहुने कुरामा जोड दिएकाथिए । सिकलसेल एनिमियाको बिषयमा स्थानिय सरकार गम्भिर रहेको भन्दै यस रोगको उपचार र निदानमा घोराही उपमहानगरपालिकालले आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गरेर सवै नागरिकहरुको चेकजाज गर्ने प्रतिबद्धता व्यक्त गरेकोथिए । सरकारले सिकलसेल एनियिमा विरामीलाई एकलाख सम्मको निशुल्क उपचारको सहयोग गर्दै आएको र घोराही उपमहानगरपालिकाले सिकलसेल विरामीहरुलाई निशुल्क रगत समेत सहयोग गर्दै उनले बताए । साथै उनले शिविरमा सम्पूर्ण नागरिकहरुलाई ढुक्क भएर रगत चेकजाँच गराइ सिकलसेल एनिमिया रोगको पहिचान गर्न अनुरोध गरेकाथिए ।

ग्रामिण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीले सिकलसेल एनिमियाको निशुल्क शिविर गर्नुपूर्व सरोकारवालाहरुसंग बैठक, महिला स्वास्थ्य स्वंयसेविका र स्थानीय टोल अध्यक्ष, अगुवा, मटावा, धामी झाक्री र गुर्वाहरुसग सिकलसेल सम्बन्धि अभिमुखिकरण गरिएको बताउदै आजको शिविरमा नागरिकहरुको पनि उत्साहजनक उपस्थिति रहेको बताइन् । यो शिविरले यस क्षेत्रको नागरिकहरुको सिकलसेल एनिमिया रोगको बारेमा पहिचान गर्न सहयोग पुग्ने आफुले आशा र विश्वास लिएको बताइन् । साथै उनले रगत स्क्रिनिङबाट पोजेटिभ देखिएका नागरिकहरुलाई मनोसामाजिक परार्मश सहित उपचारमा सहयोग गर्ने योजना रहेको जानकारी दिइन् ।

ग्रामिण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामामा भएको  कार्यक्रममा मेट लाईफ नेपालका असिस्टेन्ट प्रेसिडेन्ट तथा चिफ डिस्ट्रिव्युसन अफिसर अरुण बस्नेत, स्वास्थ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख डम्बरबहादुर कुँवर, घोराही १० का कार्यवाहक अध्यक्ष केशरी विश्वकर्मा, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी लगायतले शिविरको सफल्ताको शुभकामना व्यक्त गरेकाथिए । नारायणपुर स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख डिल्लीराज आचार्यको स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण केन्द्रकी पार्वती बस्नेतले गरेकी थिइन ।

४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ
नारायणपुर क्षेत्रलाई लक्षित गरे आयोजना गरिएको सिकलसेल एनिमियाको निशुल्क शिविरमा स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेकोथियो ।

एकदिने शिविरमा ४ सय १२ जनाले रगत जाँच स्क्रिनिङ गराएको ग्रामिण महिला उत्थान केन्द्रले जनाएको छ । रगत स्क्रिनिङ गराएको मध्ये १० प्रतिशतमा पाजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयको अनुसार ४१ जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिनेमा ३७ जना महिला र ४ जना पुरुष रहेकाछन् ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित