दाङमा थप एक साता लकडाउन

दाङ, २१ भदौ । दाङमा थप एक साता लकडाउन लम्ब्याइएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन समितको आइतबार बसेको वैठकले जारी लकडाउन भदौ २८ गतेसम्म लम्ब्याएको हो ।

लकडाउनको मोडालिटी केही परिवर्तन गरेर समयावधि थप गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लामा अहिले पनि कोरोना जोखिम रहेकोले थप एक साताको लागि लकडाउन लम्ब्याउनु परेको उनले बताए । भदौ १४ गतेबाट एक साताको लागि जारी गरिएको लकडाउनको समय आज आइतबार राती १२ बजे सकिदै थियो ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अब थप गरिएको लकडाउनको समयमा विहान ६ बजेदेखि १२ बजेसम्म सम्पूर्ण पसल खोल्न पाइने छ । साथै निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार संचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजाल जानकारी दिए । तर, सार्वजनिक सवारी साधन भने संचालन गर्न पाइने छैन भने बैंकहरु भने विहान २ घण्टा १० बजेदेखि १२ बजेसम्म खुल्ला रहने छ ।

समुदायमा कोरोना संक्रमितहरु देखिपछि भदौ १४ गतेदेखि २१ गते सम्म एक साताको लागि लकडाउन गरिएकोथियो । तर अहिलेपनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका छ । शनिवार मात्र दाङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित