नेपाल प्रहरीका पूर्व बरिष्ठ उपरीक्षक केसी एमाले प्रवेश, केसीद्धारा सुर्यमा मतदान गर्न अपिल

 

नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक टीका केसी नेकपा एमाले प्रवेश गरेकाछन् । दाङको सिसहनियामा आयोजना गरिएको बिशेष कार्यक्रममा केसी पार्टी प्रवेश गरेका हुन । ।

केसीलाई एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चौधरी, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्माले केसीलाई टीका लगाएर पार्टी प्रवेश गराएकाथिए । एमालेले अघि सारेको राष्ट्रियता, स्वाधीनता र जनजिविकाको सवालमा अवलम्बन गरेको नीति तथा कार्यक्रम प्रति प्रभावित भएर एमाले प्रवेश गरेको केसीले बताए । उनले मंसिर ४ गते हने निर्वाचनमा देउखुरी नागरिकलाई सुर्यमा मतदान गर्ने समेत उनले अपिल गरे । साथै केसीले प्रतिनीभिा सभा र प्रदेश सभामा एमालेले बहुमत प्राप्त गर्ने र क्षेत्र नम्बर १ मा एमालेको जीत सुनिश्चत भइसकेको पनि बताएकाथिए ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य जगत पोख्रेल, प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, क्षेत्र नम्बर १ का संयोजक सहजराम यादव, जिल्ला सदस्य रतनकुमार केसी, राप्तिका पार्टी अध्यक्ष मदन अधिकारी, राजपुर गाउँपालिका कमिटी अध्यक्ष हेमकुमार जिसी लगायतको सहभागीता थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित