विपन्न परिवारलाई खाद्यन्न सहयोग

सिसा संस्था नेपालले विपन्न परिवारका खाद्यान्न सहयोग थालेको छ । संस्थाले केही समय अघि ‘सिसा फुड बैक’ स्थापना गरेको थियो । घोराही उपमहानगरपालिका १४ सुकुम्बासी टोलका कल्सी चौधरी र बुद्धिराम कुमाललाई खाद्यान्न वितरण गरेर अभियान शुरु गरेको संस्थाले जनाएको छ ।

‘कोही पनि भोक भोकै हुन नपरोस, फुड हुनेले सहयोग गरौ, नहुनेले लगेर जाऔ’ भन्ने अभियान अन्तर्गत संस्थाले विपन्न परिवारलाई खाद्यान्न सहयोग शुरु गरेको हो । संस्थाका अध्यक्ष साजिदा सिद्धिकिको अध्यक्षता एवम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा खाद्यान्न वितरण गरिएको थियो । संस्थाका अनुसार २७ घर परिवारलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । प्रति परिवार ५ केजी चामल, १ केसी दाल, आधा लिटर खाने तेल, ५ सय ग्राम चिउरा, २ प्याकेट मसला, १ केसी आलु, १ केसी प्याज र ५ सय ग्राम स्वाविन गरेर प्रति परिवार १ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष केसीले कोरोनाको कहरको विचमा संस्थाले गरेको काम राम्रो भएको भन्दै यसले विपन्न परिवारलाई केही भएपनि सहयोग पुुगेको वताए । नेपाल सरकार, कारितास नेपाल, कारितास जर्मनी र विभिन्न सहयोगि दाताहरुको सहयोगमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिरहेको संस्थाकी अध्यक्ष सिद्दिकीले बताइन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित