लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङ दंगिशरण गाउँपालिका–३ चखौरास्थित थारु सांस्कृतिक संग्राहलयको अवलोकन गरेका छन्।
पश्चिम नेपालका थारु समुदायको कला, संस्कृति, रीति रिवाज, वेशभूषासहित परम्परागत रुपमा प्रयोग हुँदै आएका तर हाल लोप हुने अवस्थामा पुगेका वस्तु संरक्षण गरेर राखिएको छ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षक रहेको यो संग्रहालयमा थारु समुदायको जन्म, मृत्यु, विवाहलगायत संस्कारसँग जोडिएका परम्परालाई चित्र, मूर्ति, गरगहना, वेशभूषाबाट चित्रण गरिएको छ।
पछिल्ला दिनमा विद्यार्थी तथा थारु कला, संस्कृतिको सोधकर्ताको आकर्षणको थलो बन्दै गएको छ। विद्यार्थी थारु समुदायको संस्कार अध्ययन गर्न आउने गरेको थारु सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिइन्।