प्रदेश सरकारद्धारा माघी र अट्वारीमा ३ दिन सार्वजनिक विदा

घोराही, ११ बैशाख । पाँच नं. प्रदेश सरकारले थारु समुदायलाई माघीमा दुइदिन र अट्वारीमा एक दिन सार्वजनिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


२०७७ सालमा प्रदेश सरकारले थारु समुदायको महानपर्व माघीमा माघ १ गते र २ गते दुइदिन र अट्वारीमा १ दिनगरि ३ दिन सार्वजनिक विदा दिने निणर्य गरिएको मुख्यमन्त्री शंकर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । त्यसैगरि मुस्लिम समुदायको इदपर्वको दिन पनि प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरिएको उनले जानकारी दिने ।


यसैगरि प्रदेश सरकारले निश्चित पर्व मनाउने समुदाय र ठाउँमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । भूमे पूजा रुकुम, रोल्पा र भगवती जात्रा पाल्पा जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित