शनिबार पनि बजार खुल्ला गरिदिन थारू समुदायको आग्रह

तुलसीपुर, १४ पुस ।
थारू समुदायको ठूलो पर्व माघलाई मध्यनजर गरि शनिबार पनि ब्यवसायिक रुपमा बजार खुल्ला गरिदिन थारू समुदायलृ आग्रह गरेका छन् । तुलसीपुर क्षेत्रमा क्रियाशिल थारू संघस्ंस्थाहरु र थारू अगुवाहरुले आज संयुक्त रुपमा माघ पर्वलाई लक्षित गरि पुसको २६ गतेसम्म शनिबार पनि ब्यवसायिक रुपमा बजार खोलि दिन तुलसीपुर उद्योग वाणिज्य संघलाई आग्रह गरेका हुन् ।

सोमबार तुलसीपुर उद्योग वाणिज्यसंघमा डेलीगेशन गएका उनिहरुले आफूहरूको ठूलो पर्व माघ नजिकिएसंगै किनमेल गर्नु पर्ने भएकाले शनिबार पनि बजार खोल्न आग्रह गरेका हुन् ।
नमूना भुँह्यार थानका अध्यक्ष रामशरण चौधरीको नेतृत्वमा गएका समूहले बजार खुल्ला गरिदिन आग्रह गरेका हुन् ।
साथै यही पुस २३ गते तुलसीपुरको नमूना भुँह्यार थानमा हुन गइरहेको माघ साँस्कृतिक कार्यक्रम तथा सोही दिन सिलन्यास हुने बहुआयामिक सभाहलको लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
सो अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले कला संस्कृति बचाउने सबैको दायित्व भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । माघ पर्व थारू समुदायले मात्रै नभई हरेक हिन्दुहरुले मनाउने भएकाले उद्योग वाणिज्य संघले गर्ने सहयोगमा कन्जुस्याई प्रतिबद्धता व्यक्त गरे ।

यसैविच उनिहरु तुलसीपुर उपमहानगरपालिकामा गएर तुलसीपुर ६ जवरपुरमा हुन गई रहेको बृहत्त माघी साँस्कृतिक कार्यक्रममा सहयोग गर्न आग्रह गरेका छन । त्यस अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले थारु समुदायको हितका लागि परेको बताउदै यो कार्यक्रमलाई पनि घुम्न जाउ तुलसीपुर अभियान संग जोडेर लैजाने र आवस्यक सहयोग गर्ने बताए ।

यसैविच पुसको २३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं ६ जवरपुरमा हुन गई रहेको बृहत सांँकृतिक माघ विशेष कार्यक्रमको तयारी तिव्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडा लाई समेट्ने गरि कार्यक्रम आयोजना गरिएको नमूना भुँह्यार थानका अध्यक्ष रामशरण चौधरीले जानकारी दिए ।

कार्यक्रमलाई सफल पार्न गठन भएका विभिन्न उपसमितीहरु सकृय रुपमा लागेर काम गरेको उनले जानकारी दिए । कार्यक्रममा देश बन्ढ्या गुरुवा , १० जना महटवा, ५ जना सोढेनी, २ जना पत्रकार, जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम भएको उनले बताए । त्यसै गरी कार्यक्रममा लोपन्मुख बर्का नाच ,कट्घोरी नाच, लट्ठह्वा नाच प्रस्तुत गरिने चौधरीले जाकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित