महोत्सवले बन्यो माघमय दाङ (फोटो फिचर सहित)

थारु कल्याणकारिणी सभा दाङ सहित दर्जनौ थारु संघसस्थाको आयोजनामा भएको दुइदिने महोत्सवले जिल्लामा माघमय भएको छ ।

थारु समुदायको मौलिक कला, संस्कृति जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष जिल्लामा माघ महोत्सव आयोजना हुदै आएको छ । यस वर्ष पनि माघ आउने एक साता भएता पनि थारु संघस्थाले संयुक्त रुपमा आयोजना गरेर माघ साँस्कृतिक महोत्सव २०८० अर्थात थारु सम्वत २६४७ भब्य रुपमा सम्पन्न गरेको छ ।

यहि पुस २१ र २१ गते आयोजना गरिएको महोत्सवमा जिल्लाको बंगालाचुलि गाउँपालि बाहेक पालिकाकाबाट मघौटा, छोक्रा, हुर्डुंग्या तथा लठवा नाच गरेर करिब एक सयवटा नाच प्रस्तुत भएको थारु कल्याणकारिणी सभा तथा महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले बताए ।

हरेक बर्ष मनाउदै आएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको चौधरीले जानकारी दिए ।
तस्विरमा हेर्नुस् महोत्सवमा देखिएका केहि झलक ः

 

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित