आजदेखि हुने टीकापुर सम्मेलनको सम्पूर्ण तयारी पूरा, शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी


टीकापुर, ७ भदौ । आज देखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ। आज दिउसो देखि हुने सम्मेलनको उद्‍घाटन सत्र सुरु हुने कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुदैछ ।

तीनदिने सम्मेलनमा देशैभरिबाट थारुहरु आउने क्रम जारी रेको आयोजकले जनाएको छ। आयोजकको अनुसार शुक्रबार साँझसम्म करिब एकहजार पाहुनाहरुको आगमन भइसकेको छ। करिब दश हजारको उपस्थिति गराउने लक्ष्य रहेको आयोजक संस्थाका सदस्य माधव चौधरीले बताए । उनका अनुसार जिल्लाबाट करिब सात हजार र जिल्ला बाहिरबाट करिब तीन हजार गरि दश हजार बढीको सहभागिता रहने छ।

चौधरीका अनुसार कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई , वरिष्ठ पत्रकार किशोर नेपाल, विश्लेकषक तथा लेखक खगेन्द्र संग्रौला, युग पाठक, रिसर्चर भास्कर गौतम थारु नेता राजकुमार लेखी लगायत टीकापुर आइपुगेका छन् भने अन्य नेताहरु आउने जारी रहेको उनले जानकारी दिए ।


यसैगरि तीन दिने सम्मेलनका उद्घाटन सत्रमा विभिन्न पार्टिका शिर्ष नेताहरुको सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका सदस्य माधव चौधरीले जनाए । ‘हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको थारु र पहाडिहरुको विचमा सद्भाव कायम गर्ने हो, उनले भने, -त्यसले हामी यस कार्यक्रमा आउने थारु पाहुनाहरुलाई पहाडी र पहाडी पाहुनहरुलाई थारु समुदायबाट फुलले स्वागत गर्ने कार्यक्रम भइरहेको छ ।’

यसैगरि कार्यक्रममलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले टीकापुको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टका अनुसार तीन हजार प्रहरी परिचालित छन्। कार्यक्रम अवधिसम्म टीकापुरमा मदिरा सेवन र बिक्री वितरणमा रोक लगाइएको डिएसपी भट्टले जानकारी दिए।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित