लुम्बिनीको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज , को को भिड्दैछन्

लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुदै छ । उपनिर्वाचनको लागि सम्पूर्ण तयारी भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा हुन लागिएको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि दुइ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कँवरले हिमाल खबारलाई बताए । उनको अनुसार माघ २५ गते विहान १० बजेदेखि बेलुका ३ बजेसम्म मतदानको समय तोएिको छ ।

रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि तीनजनाको उम्मेदवारी परेको उनले बताए । उनका अनुसार नेपाली काँग्रेसबाट माधवप्रासद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गराएका छन् । दशौदी र राय सत्तारुढ गठबन्धनका उम्मेदवार हुन ।

तीन जनाको उम्मेदवारी परेपनि दुइ जनाको प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । नेपाली काँग्रेसको आचार्य र एमालेका दशौदी विच प्रतिस्पर्धा हुने छ । यी दुवै नेता रोल्पाका हुन् । आचार्य नेपाली काँग्रेस रोल्पाका पुर्व सभाति हुन । २०७४ को निर्वाचनका उनले प्रदेश सभाको उम्मेदवार बनेकाथिए । यस्तै दशौदी नेकपा एमालेका केन्द्रीय सदस्य हुन । उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्र, राप्रपा, लोसपा, जसपा, जनमत पार्टी लगायतको समर्थन रहेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका राजेन्द्रबीर रायले उम्मेदवारी फिर्ता नलिएपनि सत्ता गठबन्धनका उम्मेदवार आचार्यललाई नै सघाउने सम्भावन देखिएको छ । एमालेका नेता तथा लुम्बिनी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता चेतनारायण आचार्यले नागरिक उन्मुक्ती पार्टीले आफ्नो उम्मेदवारलाई सघाउने बताए । ‘नागरिक उन्मुक्ती पार्टीका नेताहरुसंग हामी नियमित छलफल र संवादमा छौ, उनले भने –उहाँहरु हामीलाई सहयोग गर्नुहुन्छ, सघाउनु हुने छ भन्ने हामीले विश्वास लिएकाछौं ।’

यदपी नागरिक उन्मुक्ति पार्टी लुम्विनीका प्रमुख सचेतक राजकुमार चौधरीले अहिलेसम्म केन्द्रबाट त्यस्तो निर्देशन नआएको बताए । हामी पनि सत्ता गठबन्धनकै हौं, सरकारलाई समर्थन गरेका छौं, विस्वासको मत दिएका छौं, उनले भने, छलफल भइरहेको छ, तर माथीबाट निर्देशन नआउदासम्म केहि भन्न नसकिने उनले बताए ।

कस्को मतदाता कति
राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सांसद र पालिकाका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनीमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख, उप्रमुख गरेर ३०५ जना मतदाताछन् ।

प्रदेश सभामा ८७ र स्थानीय तहमा २१ मतदाता रहेकाछन् । प्रदेश सभाका ८७ सीटमा नेकपा एमालको २९, नेपाली काँग्रेसको २७, नेकपा माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ती, राप्रपाको ४–४, लोसपा, जसपा र जनमतको ३–३ सांसद रहेकाछन् । त्यस्तै जनमोर्चा र नेकपा एसले १–१ र दुइ स्वतन्त्र सांसद रहेकाछन् ।

त्यस्तै प्रदेशको १२ जिल्लामा १ सय ९ पालिका छ । यी मध्ये नेपाली काँग्रेसले ४८, नेकपा एमालले २७, नेकपा माओवादी केन्द्रले २५ पालिकामा जितेको छ । त्यस्तै जसपाले तीन पालिकामा जितेको छ भने लोसपा र जनमोर्चाले २–२ ठाउँमा जितेको छ । त्यस्तै राप्रपा र अन्यले १–१ स्थानमा जितेकाछन ।

(मतदाताको नामावली हेर्नुस्)

Final_Voter_List_NA_PA_2079 (1)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित