घोराही ४ मा नेकपाको सपथ ग्रहण तथा प्रशिक्षण


घोराही, ३ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नं. ४ को वडा कमिटिका सदस्यहरुलाई मंगलबार सपथ ग्रहण तथा प्रशिक्षण दिइएको छ । वडाका अध्यक्ष मुनाल घिमिरेको अध्यक्षता एवं नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्यले वडा कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएकोथियो ।


यसैगरि सपथ ग्रहण कार्यक्रममा वडाका पदाधिकारी तथा सदस्यहरुलाई पार्टी काम कर्तव्य र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिइएकोथियो । कार्यक्रममा जिल्ला अध्यक्ष टिकाराम खड्का, जिल्ला कार्यालय सदस्य सुरामणी बेल्बासे, क्षेत्र नं २ का संयोजक निर्मल महरा ‘एटम’, घोराही उपमहानगरपालिका का अध्यक्ष राममणि पाण्डे र सचिब प्रमोद शर्मा लगायतले प्रशिक्षण दिनुभएको वडा अध्यक्ष मुनाल घिमिरेले जानकारी दिनुभएको छ ।


यसैगरि वडाका अध्यक्ष मुनाल घिमिरे अध्यक्षताम वसेको वैठकले मुनला घिमिरेको अध्यक्षतामा १२ सदस्यीय सचिवालय कमिटि गठन गरिएको छ । अध्यक्ष घिमेरका अनुसार रेखा घर्ति, कुलबहादुर गोतामे, पदम पोख्रेल, जागेश्वर भण्डारी, पदम योगि, गिरबहादुर महरा, उमेश विक, लिला गोतामे, दिपक विक र लोकराम पौडेल सदरस्य रहेकाछन् । त्यसैगरि मुनला घिमिरे, रेखा घर्ति र कुल बहादुर गोतामे सदस्य रहेनेगरि सचिवालयबाट कार्यालय संचालनको कमिटि गठन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित