किन अटाउदैनन् थारु सांसद क्याविनेट मन्त्रीमा : चौधरी

काठमाण्डौ, ४ मंसिर । थारुवान राष्ट्रीय युवा शक्तिका केन्द्रीय अध्यक्ष सिताराम थारुले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपि शर्माओली र पुष्पकमल दहाल (प्रचण्ड) लाई तपाइहरुको क्याविनेट मन्त्रीमा थारु सांसद किन अटाउदैनन् भनि प्रश्न गरेकाछन् ।

उनले आफ्नो फेसवुक स्टाटस्मा लेख्दै भनेकाछन्,-‘ प्रचण्ड र केपि ओलिले समानुपातिक समाबेशिको नाममा ठगी खाने एजेन्डा बनाएको भन्दै अहिलेको मन्त्रीमण्डलमा नेपालको चौथो जनसंख्या भएको थारु एक जना पनि क्याबिनेट मन्त्री नपर्नु एउटा प्रमाण हो । एकजना भएको राज्यमन्त्री पनि हटाउने भएपछि यस्ले अझ यो राज्य एकल नस्लिय जातिको हो भनेर प्रमाणित गर्छ । जनबिद्रोहमा हजारौं थारुले बलिदानि गरेपनी बडो दुख्खको कुरो त्यो बिद्रोहले नत एक जना थारुलाई मन्त्री बन्ने काबिलियत बनायो, नत पार्टीमा बिद्रोह गर्न सक्ने कुनै बहादुर थारु नेता नै जन्मायो । थारुहरुको सोझापन र इमानदारिताको फाइदा उठाउदै हिजो पनि सासकले थारुलाइ कमैया कमलहरी देखे अहिले पनि उहीँ देखिरहेका छन् । सासक बदलिए तर सासकहरुको सोच जहाँको त्यही रहयो ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित