विहिबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी भएको महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिए । थारु कल्याणकारिणी सभा दाङ लगायत विभिन्न थारु संघसस्थाको आयोजनामा पुस २० गतेसम्म आयोजना गरिएको उनले बताए ।
महोत्सवको पहिलो दिन ढुम्रु गीत गाइएको संयोजक चौधरील जानकारी दिए । यसैविच महोत्सवको दोस्रो दिन आज मघौटा साँस्कृतिक विशेष कार्यक्रम आयोजना गरिएको थाकसका जिल्ला अध्यक्ष समेत रहेका चौधरीले बताए । यसैविच महोत्सवको औपचारिक रुपमा उद्घाटन लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने उनले जानकारी दिए । उद्घाटन हुनुपूर्व थारु भेषभुषामा थारु सांस्कृतिक झल्किने विभिन्न बाजागाजा सहित घोराहीको मुख्य बजारमा बजारपरिक्रमा गरिने गरिने छ । बजार परिक्रमापछि महोत्सवको औपचारिक रुपमा मुख्यमन्त्री आचार्य मार्फत उद्घाटन गर्ने कार्यक्रम भएको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताए ।
‘आर्थिक जागरण व सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको महोत्सवमा थारु परिकार, घोङघी, माछा, अन्डिको झोल, अनडी चामलको भात, गंगटा, थारु हस्तकला ढकिया, गोन्द्री, थारु भाषा, साहित्य तथा संस्कृतिका पुस्कहरुको विक्रि वितरण तथा प्रद्धशनीको लागि राखिने छ ।