सरकार र विप्लवबीच सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, २० फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको हो । तर, सहमति भएको कुरा बाहिर आएको छैन्, यसको विस्तृत रुपमा भोली २ बजे सार्वजनिक गरिने प्रेस नोटमा जारी गरिएको छ ।

यो सहमितिसंगै विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

वार्तामा सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

प्रेस नोटमा भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ र सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित