लौव अग्रासन १२ औं बर्षमा, थारु भाषाको विकासका लागि अग्रासनको अग्रणी भूमिका

घोराही २६, मंसिर । दाङको घोराहीबाट प्रकाशन हुदै आइरहेको थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक १२ औं बर्षमा प्रवेश गरेको छ । सोहि अवसरमा अग्रासन साप्ताहिकले विहिवार घोराहीमा एक कार्यक्रम को आयोजना गरि आफ्नो ११ औ बार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले थारु भाषा, कला संस्कृतिको विकासकालागि अग्रासन साप्ताहिकको अग्रणी भूमिका रहेको बताएकाथिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख न्यौपानेले थारु कला संस्कृतिको विकास गर्नलाइ अग्रासन साप्ताहिकले ठूलो भूमिका खेलेको बताएकीथिइन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपप्रमुख न्यौपानेले पछिल्लो समयमा थारु भाषा लोप भइरहेको बेला अग्रासनले निकै चूनौति बाबजुद पनि आफ्नो अभियानलाई अगाडि बढाउदै ११ बर्ष पार गर्नु नै ठुलो उपलब्धी रहेको बताइन । उनले भनिन्, अग्रासनको अभियानलाई थप सहजताको लागि घोराही उपमहानगरले थारु भाषालाई सरकारी कामकाजीको रुपमा ल्याएका छौं, अब यो समुदायको भाषाको विकासका लागि अग्रासनसंग सहकार्य गर्दै अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेकिथिइन् । उपमहानगरपालिकाले थारु भाषालाई सरकारी ककामकाजको भाषा बनाए पनि स्वयम थारु समुदायको त्यसमा सक्रियता नदेखाउदा समस्या भइरहेको बताउदै न्यौपानले थारु समुदायले नै आफ्नो भाषा विकासका लागि अग्रसर हुनुपर्ने कुरामा जोडदिएकीथिइन् ।


यसैगरि कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका संयोजक देवराज विश्वकर्माले भाषा एउटा सभ्यता हो, भाषा रहेन भने पहिचान गुम्छ, अस्तित्व हराउछ तसर्थ हरेक समुदायको भाषा बचाउन जरुरी रहेको बताएकाथिए । दाङकाको एकमात्र भाषिक पत्रिकाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन समेत दिएकाथिए । पत्रिकाका प्रधानसम्पादक केवि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशन, नेपाल पत्रकार महसंघका निर्वतमान अध्यक्ष सुदिप गौतम, राप्ति पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, थारु कल्याणकारीणी सभाका सचिव प्रकाश चौधरी, जनजाति पत्रकार संघ दाङका अध्यक्ष प्रेम राम्जा, थारु अगुवा तेजमान चौधरी लगायतले थारु समुदायको भाषा, कला, संस्कृति जगेर्नाका लागि महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । पत्रिकाके समाचारदाता सवि थारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सम्पादक सन्तोष दहितले गरेका थिए ।
अग्रासनका स्तम्भकार चौधरीलाई सम्मान


यसैविच लौव अग्रासन साप्ताहिकको स्थापना कालदेखि नियमित रुपमा अग्रासनको स्तम्भकारको रुपमा थारु भाषा, कला, संस्कृतिको क्षेत्रमा कलम चलाएर महत्पूर्ण योगदन पुर्याएको भन्दा अग्रासनका स्तम्भकार हिमलाल चौधरीलाई प्रमाणपत्र सहित सम्मान गरिएकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित