दाङको २ (क) बाट राना एमालेका सर्वसम्मत उम्मेद्वार

बलिभद्र राना

नेकपा एमालेले क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्यका लागि बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्र नं. २ को  प्रदेश (क) को शनिवार घोराहीमा बसेको बैठकले रानालाई सर्वसम्मत सिफारिस गरिएको नेकपाा एमाले घोराही नगर कमिटिका अध्यक्ष भुवन चौधरीेले जानकारी दिए ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नरुलाल चौधरीको उपस्थितीमा रानालाई दाङ क्षेत्र नं. २ को (क) बाट सर्वसम्मत सिफारिस गरिएको हो । राना नेकपा एमाले प्रदेश प्रदेश कमिटिका सदस्य तथा घोराहीको पूर्व मेयर समेत हुन ।

२०७४ मा यहि क्षेत्रबाट नेकपा एमालेका महासचिव शंकर पोख्रेल निर्वाचित भएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित