यस कारण दोहोरिदै छन् मेयरमा नरुलाल चौधरी

नरुलाल चौधरी नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रुपमा चिनिन्छन् । एक कार्यकाल घोराही उपमहानगरपालिको प्रमुखको कुशलतापूर्वक जिम्मेवारी गरिसकेका चौधरी फेरी अर्को कार्यकालका लागि उम्मेदवार बनेकाछन् । नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका नेता चौधरी किसान परिवारको व्यक्ति हुन । निम्न आयस्तर भएको परिवारका चौधरी सँग राजनीतिक र सामाजिक क्षेत्रको कार्य अनुभव राम्रो छ । उनलाई निखारिएको किसान र राजनीतिक नेताकारुपमा सबैले बुझ्ने गर्दछन् । २०२४ साल वैशाख ३ गते घोराही उपमहानगरपालिका २ रामपुरमा जन्मिएका नरुलाल बुबा विलरा र आमा मन्धरी चौधरीको कान्छा छोरा हुन। चौधरीका ६ जना दिदी बहिनी रहेकाछन ।

स्नातकोत्तर उत्तिर्ण गरेका चौधरी नेकपा एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरुमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष भई अहिले पोलिटव्यूरो सदस्य सम्म पुग्न सफल भएकाछन् । २०५४ सालमा तत्कालिन रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल काम गरिसकेकाछन् । गाविस अध्यक्ष भएका बेला बिकट रामपुरमा उहाँले गरेका भौतिक पुर्वाधार विकास, सामाजिक कामहरुले पनि उहाँलाई चिनाउन र अघि बढ्न सघाएको हो । पछि त्यहि रामपुर उपमहानगरपालिकामा गाभिएको हो । गाविस अध्यक्ष हुदा चौधरीको नेतृत्वमा रामपुरका विकट ठाउँहरु माले, सोरठी लगाएतका ठाउँमा विद्यालय खोलेकाथिए । खानपानी, सिंचाइका संरचनाहरु निर्माण भए ।

तत्कालिन जिल्ला विकास समितिमा सदस्य रहदा पनि चौधरीले रामपुर क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको उनका गाउँलेहरु बताउछन् । रामपुरलाई कृषिको पकेट क्षेत्र घोषणा बनाउन उनको महत्वपूर्ण भूमिका छ । गाबिस अध्यक्ष हुदा चौधरीले गाउँबाट घोराही बजार तरकारी बेच्न आउने र घर फर्किएर जनताको काम गर्ने दैनिक थियो । चौधरीले पूर्वाधार विकासमा धेरै काम गरेको स्थानीयहरु पनि बताउन छन् । तरकारी खेतीका साथै कुखुरा पालन र मौरी पालनमा समेत उहाँको कृषि अनुभव छ । नगर प्रमुख भएपछि पनि उहाँले मौरी पालन व्यवसायलाई निरन्तरता दिदै आएकाछन् । जस्ले गर्दा किसानहरुलाई उत्प्रेरणा हुने गरेको छ । किसानीका अनुभवन, समस्या र अबस्था बुझेका चौधरीलाई किसानहरुका समस्या बुझ्न र समाधान गर्न निकै सहज हुने गरेको छ । सानो उमेरमा कमैया समेत बसेका चौधरीले शिक्षक र पत्रकारको भूमिकामा पनि आफ्नो अनुभब छ । चौधरीले राजनीतिमा प्रवेश गर्नु अगाडि दुई वर्ष शिक्षक र दुई वर्ष रेडियो नेपालमा जागिर खाएकाथिए । उनले रेडियो नेपालमा थारु भाषामा समाचार पढ्ने गरेकाथिए । पछि जागिर छोडेर उनि गाविस अध्यक्षमा चुनाब लड्न गाउँ फर्के २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि चौधरीले यो पाँच बर्षको कार्यकालमा उल्लेख्य नमूना कामको नेतृत्व गरेकाछन् ।

यी हुन कामहरु ः

  • डम्पिङ साइडमा फालिदै आएको फोहोर (गल्ने) बायो ग्यास उत्पादन र नगल्ने सबै प्रकारका फोहोर खरिद ।
  • बालमैत्री घोराही उपमहानगरपालिका घोषणा ।
  • बेवारीसे सडक मानब मुक्त नगर ।
  •  १९ वटै वडाहरुबाट ३५ प्रकारका औषधी निशुल्क सहित आधारभूत स्वास्थ्य सेवा ।
  • लक्ष्मीपुरमा नगर अस्पताल निर्माण शुरु सँगै रामपुर र नारायणपुरको स्वास्थ्य चौधरीलाई डाक्टर सहितको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा स्तरबृद्धी ।
  • नगरबासीको मोतिया विन्दुको निशुल्क अप्रेसनको व्यवस्था ।
  • जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच, सिकलसेल एनिमिया र सुत्केरीलाई निशुल्क रगत ।
  •  सिचाई, पर्यटन, हराभरा, पानीको मुहान संरक्षण, माछा पालनका लागि ३ दर्जन कृत्रिम जलाशय निर्माण ।
  •  सडक छनौट र सिफारीस मार्फत ४५ किलोमिटर उच्च प्रविधीको ८ वटा भाइरल रोडको निर्माण ।
  • १४० किलोमिटर सडक कालोपत्रे, १५२ किलोमिटर नयाँ सडक निर्माण ९सबै बस्तीहरुमा सडक पु¥याएको०, १८७ किमी सडक ग्राभेल, १३३ वटा मोटरेवल पुल निर्माण ।
  • सामुदायिक पशु चौपायाको चाक्लिघाटमा सफल व्यवस्थापन ।
  • जेष्ठ नागरिक दिवासेवा केन्द्र निर्माण ।
  • विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान र तह अनुसारको प्रअ व्यवस्थापन तथा थारु भाषाको पाठ्यक्रम तयार ।
  • १२ बर्ष माथीका सबै नागरिकहरुलाई कोभिड विरुद्धको खोप तथा कोभिडबाट ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान ।
  •  नगर भित्रका पर्यटकिय स्थलहरुको गन्तव्य तयार सँगै बृत्तचित्र निर्माण ।
  • नेत्रलाल बहुउदेश्यि रंगशाला र क्रिकेट रंगशाला निर्माणको चरणमा । १९ वटै वडामा खेलकूद मैदान तयार ।
  • सबै वडाहरुबाट अनलाईन मार्फत राजस्व संकलन र व्यक्तिगत घटना दर्ता ।
  • कृषिलाई आधुनिकिरण र यान्त्रिकिकरण गर्न किसानहरुलाई २४६ वटा यान्त्रिक उपकरण, ५९ मेट्रिक टन उन्नत विउविजन, सीप तथा प्रविधी हस्तान्तरण ।
  • ९० जना किसानलाई भकारो तथा गोठखोर सुधार कार्यक्रम । अती विपन्न ८५ घरलाई २५४ वटा बाख्रा बितरण ।
  • व्यवसायीक फार्म तथा समूहलाई ३३ वटा बोयर बोका बितरण । कृषक, डेरी र ढुवानी व्यवसायीलाई १२९ वटा क्यान वितरण ।
  • ६४८ जना महिलाहरुलाई विभिन्न प्रकारको सिप मूलक तालिम प्रदान, १०३ जना महिलाहरु द्धारा व्यवसाय सञ्चालन । लैंगिकहिंसा पिडीत २७२ महिलाहरुलाई आश्रय सहितको सेवा प्रदान ।
  • ८३ वटा ऐन, कार्यविधी, नियमावली, मापदण्डहरु तयार । ८७९ वटा मुद्धा आएकोमा ८१५ वटा मुुद्धामा मिलापत्र भएको ।

अबको योजना 

  •  मानव विकासको सूचकांकमा घोराहीलाई देशकै उच्च दश स्थान भित्रको पालिकाका रुपमा विकास गर्ने ।
  •  नगरलाई स्मार्ट सिटीकारुपमा विकास गर्ने ।
  •  रोजगारी सृजना गर्न नगर स्तरीय तालिम केन्द्र स्थापना गरि विविध प्रकारका सिप, ज्ञान र तालिम प्रदान गरि स्वरोजगार बनाईने ।
  •  नगरबासीको प्रतिव्यक्ति आयलाई बृद्धी गरि दोब्बर बनाईने ।
  •  घोराहीलाई सामाजिक न्याय सहितको आत्मनिर्भर र दीगो शहरकारुपमा विकास गर्ने ।
  •  विपन्न र पछाडि पारिएका वर्गहरुलाई विकासको मूलधारमा ल्याई उनिहरुको जीवन स्तरमा सुधार गर्ने ।
    ड्ड एक घर एक रोजगारको अवस्था सृजना गरि स्वरोजगारको अभियानलाई तिब्रता दिने ।
  •  हरेक घरपरिवारलाई उत्पादनसँग जोडी आर्थिक बृद्धी दरलाई उच्च तहमा हासिल गर्ने ।
  •  अधिकारमुखी विकासको अवधारणालाई आत्मसाथ गर्दै सबै नगरबासीले समतामा आधारित विकासको प्रतिफल प्राप्त गर्ने कुरालाई संस्थागत गर्ने ।
  •  विकासको प्रकृया तथा पूर्वाधार निर्माणमा सार्वजनिक नीजि साझेदारीलाई प्रोत्साहित गर्ने ।
  •  स्थानीय श्रम, पूँजी र सिपको प्रवद्र्धन तथा परिचालन गरि उत्पादनमूलक स्थानीय अर्थतन्त्रको विकास गर्ने ।
  •  वितेको ५ बर्षमा सडक, सिचाई, शिक्षा, स्वास्थ्यमा उल्लेख्य प्रगति गरेकाले अब कृषीलाई बढवा दिन आधुनिकिकरण, प्रविधिकरणलाई जोड दिदै व्यवसायिकिरण गर्ने ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित