नेपालमा थप १४ जनामा कोराना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो


काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको् अनुसार उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना संक्रमित भेटिएको हो । उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ । त्यस्तै चितवनमा एक २७ वर्षीय पुरुष र अर्की ६३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित