नेपालमा थप १४ जनामा कोराना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो


काठमाण्डौ, ५ बैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको् अनुसार उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना संक्रमित भेटिएको हो । उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ । त्यस्तै चितवनमा एक २७ वर्षीय पुरुष र अर्की ६३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित