काँग्रेस महाधिवेशनः जसले विद्रोह गर्दै महामन्त्रीमा निर्वाचित भए

नेपाली काँग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएकाछन् । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्रिमा थापा र शर्मा निर्वाचित भएका हुन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

थापा र शर्मा दुवै आफ्नो गुटबाट विद्रोह गरेर अर्काे गुटमा लागेकाथिए । यी दुवैजनाले विद्रोह गरेर आएर भएपनि महामन्त्रिमा उम्मेद्वारी दिएकाथिए । थापा यस अघि कृष्णप्रसाद सिटौला गुटमा सक्रिय थिए भने शर्मा संस्थापन सभापति शेरबहादुर देउवा समुहमा थिए । थापाले महाधिवशेन हुनु केहि महिना अगाडि पौडेल-कोइराला समुहमा लागेकाथिए । उनि शेखर कोइरालाको समुहबाट महामन्त्रिमा उम्मेदवारी दिएकाथिए ।

त्यसैगरि पार्टीका सभापति शेरबहादुर देउवाको विश्वासपात्र मानिने विश्वप्रकाश शर्माले देउवा गुटबाट विद्रोह गरेर उम्मेदावर मनोनयनको दिन प्रकाशमान सिंहको गुटबाट महामन्त्रिमा उम्मेद्वारी दिएकाथिए ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित