युवाहरुलाई व्यक्तित्व विकास तालिम

घोराही, १७ साउन । ख्याल बगालको आयोजनामा तथा थारु पत्रकार संघ नेपाल र नेपाल युवा परिषदको सहकार्यमा भर्चुअल मार्फत तीनदिने व्यक्तित्व विकास तालिम शुरु गरिको छ ।

युवाहरुको क्षमता तथा नेतृत्व विसकाको लागि आयोजना गरिएको उक्त तालिममा विभिन्न जिल्लाका ५० जना युवाहरुकाे सहभागिता रहेको ख्याल बगालका अध्यक्ष सवि थारुले जानकारी दिए ।

शनिवार देखि सुरु भएको तालिमको पहिलो दिन इदु संजालका चिफ विजनेस राजन कोइराला प्रेरक, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरी संचार कला र आर्ट लिभिङ्गकी प्रयाक्टिटनर सुवर्णा श्रेष्णा बस्नेतले तनाव व्यवस्थापन/समय व्यवस्थापनको विषयम सहजीकरण गरेको ख्याल बगालका अध्यक्ष सवि थारुले बताए ।

यसैगरि तीनसम्म चल्ने तालिमको दोस्रो दिनमा अर्गनाइजिङ एण्ड एक्सन् हर्वाड केन्नडी स्कूलका सचिन तिमिल्सनाले प्रभावकारी नेतृत्व, अुसन्धानकर्ता एवं लेखक सुशील चौधरीले सुन्ने कला र नैतिक ज्ञान र होमस्टे एसोसिएसन नेपालका केन्द्रीय सचिव कृष्ण डेमनडौराले सीप प्रवद्धनको विषयम सहजीकरण गर्ने कार्यक्रम रहेका ख्याल वगालका संयोजक प्रणव आकासले जानकारी गराए ।

उनका अनुसार तालिमको अन्तिम दिन रङकर्मी एव चलचित्रकर्मी केदार श्रेष्ठले शारीरिक भाषा र हिमालयन टिभीका प्रस्तोता निष्मा ढुंगाना चौधरीले आत्मविश्वसको विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको रहेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित