दाङले बनायो नेपाल भ्रमण बर्षको नारा ‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना’

घोराही, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरि दाङमा गठित पर्यटन प्रवर्द्धन समिति दाङले स्थानीय नारा तय गरेको छ ।
आइतबार घोराहीमा बसेको समितिको वैठकले ‘‘पर्यटन विकासको हाम्रो चाहना, दाङको संवृद्धि हाम्रो कामना״ नारा तय गरेको हो । यसैगरि बैठकले नेपाल भ्रमण वर्षलाई भब्य रुपमा सफल बनाउनका लागि जिल्लामा रहेको विभिन्न संघसस्थाहरुलाइ नेपाल भ्रमण बर्षको व्यानर निर्माण गरेर ठाउँठाउँमा राख्न अनुरोध गरेको छ । त्यसैगरी, बैठकले नेपाल भम्रण वर्ष २०२० को उद्घाटन पुुस १६ गते घोराही उपमहानगरपालिकाका १३ को बाह्रकुुने दहमा प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

त्यसै गरेर पालिकासम्म कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै पालिकासँग छलफल अघि बढाउने निर्णय गरेको छ । यसैगरि राप्ती गाउँपालिकासँग छलफल आयोजना गरेको समितिले जनाएको छ । राप्ती गाउँपालिकाको देवीकोटमा पालिका प्रमुख तथा स्थानीयसँग छलफल कार्यक्रम गरिएको समितिले जनाएको छ ।समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा वैठक बसेकोथियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित