थाकस दाङको जिल्ला अधिवशेन पुसमा

घोराही, २८ भदौ । थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्र्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका सचिव प्रकाश चौधरीले जानकारी दिए ।

यसैगरी बैठकमा असोज १३ गते दशै मिलन कार्यक्रम, थारु कल्याणकारिणी सभाको बर्षिक स्मारिका प्रकाशन गर्र्ने पनि निर्णय गरिएको सभाका सचिव चौधरीले जानकारी दिए । स्मारिकाको लागि भुवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा सन्तोष दहित, सदस्य प्रकाश चौधरी, रामपति चौधरी, दिपक चौधरी, नगेन्द्र चौधरी र सविता चौधरी सदस्य रहेकाछन् ।

त्यसैगरी थारु समुदायबाट विभिन्न पार्टीको तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक सदस्यको लागि सिफारिस भएका थारु नेताहरुलाई बधाइ तथा शुभकामाना दिने निर्णय भएको सचिव चौधरीले जानकारी दिए । यसैगरी वैठकमा क्षेत्रीय अध्यक्षहरुले हालसम्म भएको गतिवीधिको रिर्पाेटिङ गरेकाथिए ।

थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएकोथियो ।

 

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित