दाङको ३ (ख) मा नेकपाकी विमला विजयी

घोराही, १६ मंसिर । दाङ ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले हराएकी हुन् । ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् भने उनको निकताम प्रतिन्द्धन्दी नेपाली कांग्रेसका उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् । निर्वाचित निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् ।

२०७४ सालको चुनावमा सो क्षेत्रमा तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । ओलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित