जिल्लास्तरबाट पावर परियोजनाको अनुगमन

घोराही, २८ मंसिर । स्वान नेपाल द्धारा राप्ती गाउँपालिकामा संचालित महिला तथा पछाडि पारिएका समुदायको आर्थिक सामाजिक र साँस्कृतिक अधिकार प्रबर्धन (पावर) परियोजना अन्तर्गत कार्यक्रमको अवस्थाको बारेमा जिल्ला स्तरबाट शुक्रबार स्थलगत अनुमगन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा पुगेको टोलीले राप्ती गाउँपालिकामा गरिएको बाख्रा पालन र तरकारी खेतिको अनुगमन गरिएको हो ।

सोहिक्रममा पावर परियोजना कार्यक्रमका संयोजक विष्णु भुसालले महिला तथा पछाडि पारिएका समुदायका किसानहरुलाई लक्षित गरेर करार खेति संचालन गरिएको अनुगमन टिमलाई जानकारी गराएकाथिए ।

उनले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका किसानहरुलाई तरकारी खेति र बाख्रा पालनकालागि पहिलो सतप्रतिशत अनुदान उपलब्ध गराइरहेका जानकारी दिएकाथिए । उनका अनुसार पहिला बर्ष सत प्रतिसत, दोस्रो बर्ष पचास प्रतिसत अनुदान दिने र तेस्रो बर्षमा किसानहरुले आफै बेहोर्ने छन् ।


अनुगमन टिममा कृषि विज्ञान केन्द्रका कृषि अधिकृत देवा महरा, पशु सेवा केन्द्रका मत्स्य विकास अधिकृत रामअतार हरिजन, राप्ती गाउँपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षद्धय वेदप्रसाद चौधरी, विद्याशरण चौधरी, स्वान नेपालका अध्यक्ष कृष्णकुमार चौधरी, पावर परियोजनाका कार्यक्रम संयोजक विष्णु भुसाल, लेखा अधिकृत बविता चौधरी, नेपाल पत्रकार महसंघ प्रदेश ५ का सचिव सन्तोष दहित, पत्रकार इन्द्र डिसी, दशरथ घिमिरे लगायतको सहभागिता रहेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित