मंगलबार मात्रै ८३ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या २१७ पुग्यो

घोराही, ३१ वैशाख । मंगलबार मात्रै नेपालमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलबार पहिलो चरणमा ५७ र दोस्रो चरणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैसंगै नेपालमा कोरोनो संक्रमितको संख्या २१७ पुगेको छ ।

मंगलभार पहिलो चरणमा थपिएका ५७ संक्रमित मध्ये पर्सामा मात्र ३९, रुपन्देहीका ९ कपिलवस्तुमा ८ र बाराका १ जना रहेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी ले जानकारी दिए ।


त्यसैगरि दोस्रो चरणमा भेटिएका २६ जना मध्ये पर्सा जिल्लाका १८, महोत्तरीका २, धनुषाका २, भक्तपुरको २, काठमाण्डौका १ र सर्लाहीको १ जना रहेको उनले जानकारी दिए । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दोस्रो चरणमा भेटिका २६ संक्रमित मध्ये ९ जना महिला रहेका छन् ।

त्यसैगरि पहिलो चरणमा भेटिएका संक्रमित भने सवै पुरु रहेका छन । मंगलबार भेटिएका सवै संक्रमितहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित