प्रणय दिवसको शुभकामना

 

तिम्रो मेरो जीन्दगीको शहर एउटै होस ।
धर्ती चुम्ने आकाश छुने रहर एउटै होस ।।

चखेवाको जोडी बन्ने तिम्रो मेरो सपनालाई ।
साकार पार्ने संवन्धको लहर एउटै होस ।।

हाँस्ने खेल्ने नाँच्ने गाँउने सुखदुख जीन्दगीमा ।
तिमलाई दुख्दा मलाई दुख्ने दहर एउटै होस ।।

एक बारको जीन्दगानी मरिलानु केपो छ र ।
हामी दुइलाई सिंचाइ गर्ने नहर एउटै होस ।।

मुस्कानको प्याला फुटोस कहर आएपनि
तिमि हाँस्दा म हास्ने पहर एउटै होस ।।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित