प्रदेश सरकारले दियो, थारू समुदायको अट्वारीमा सार्वजनिक विदा


घोराही, १४ भदौ । थारु समुदायको बडका अट्वारीको अवसरमा भोली भाद्र १५ गते दाङ, वाँके र वर्दियाका थारु समुदायलाई प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।
प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले सार्वजनिक विदा बारे सूचना जारी गर्र्दै दाङ, वाँके र वर्दियाका थारु समुदायलाई भाद्र १५ गते आइतवार सार्वजनिक विदा गरिएको जानकारी गराएका हुन ।
उनले निकालेको सार्वजनिक सूचनामा भनिएको छ,–‘थारु समुदायको महान चाड बड्का अट्वारीको अवसरमा सम्बन्धित समुदालाई दिइने विदा प्रदेश सरकारको मन्त्रीपरिषदको मिति २०७६ वैशाख १२ को वैठकबाट निर्णय भएकोमा उक्त पर्व दाङ, वाँके र वर्दिया जिल्लामा विक्रम संम्बत २०७६ भाद्र १५ गते आइतवारको दिन अट्वारी पर्व मनाइने भएकोले सो दिन दाङ, वाँके र वर्दिया जिल्लामा थारु समुदायलाई सार्वजनिक विदा हुने ब्यहोरा सरोकारवाला सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित