पत्रकार रिजाललाई अग्रासन साप्ताहिकद्धारा ५ हजार सहयोग


घोराही, २६ मंसिर । मुटुको समस्याले उपचाररत नेपाल पत्रकार महासंघ प्रदेश ५ का सभासद महेश रिजाललाई लौव अग्रासन साप्ताहिकले आर्थिक सहयोग गरेको छ । पत्रकार रिजालको उपचारको लागि अग्रासनले ५ हजार सहयोग गरेको हो । विहिबार आफ्नो बार्षिकोत्सवको अवसरमा पत्रिकाका प्रधान सम्पादक केवि चौधरी र प्रकाशक/सम्पादक सन्तोष दहितले नेपाल पत्रकार महासंघ दाङ शाखा मार्फत महासंघका सल्लाहाकारद्धय सुदिप गौतम, दुर्गालाल केसी र महासंघका कोषाध्यक्ष आरके शितललाई उक्त रकम हस्ताणरण गरेकाथिए ।


पत्रकार रिजाल लामो समयदेखि मुटुको समस्याले पीडित छन् । उनको उपचारको लागि नेपाल पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान चलाएको छ । गत साता पत्रकार रिजाललाई महासंघले उपचार सहयोगार्थ एक लाख २५ हजार ६५ रुपैयाँ हस्तान्तरण गरेकोथियो । रिजाल अहिले काठमाडौ बासबारी स्थित गङगालाल हृदय केन्द्रमा उपचार गराइरहेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित