पत्रकार चौधरीमाथि आक्रमण गर्नेलाई संघद्धारा कार्वाहिको माग

घोराही, २७ साउन । कान्तीपुरकर्मी गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणको थारु पत्रकार संघ, नेपालले घोर भत्र्सना गरेको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै संघका महासचिव सन्तकुमार चौधरीले घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेकाछन् । संघका सल्लाहकार एवंम् कान्तिपुर दैनिकका टिकापुर संवाददाता चौधरीमाथि साउन २६ गते बेलुका समाचार संकलनका क्रममा स्थानीय पाँच जनाको समूहले आक्रमण गरेको थियो ।

पत्रकार चौधरीको नेपालगञ्जमा उपचारपछि घर लगिएको छ । चौधरीसंगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ भने उनको अनुहारमा चोट लागेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित