दंगीशरणको क्वारेन्टाइनमा बसेका १८ जनाको रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा थप २५ बेड विस्तार

दंगीशरण, १३ जेठ । दंगीशरण गाउँपालिका स्थिति विरेन्द्र मा.वि. मा रहेको क्वारेन्टाईनमा १८ जनाको रिर्पाेट नगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर प्रविधिबाट गरिएको परीक्षणमा १८ जनाको रिर्पाेट नेगेटिभ आएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म दंगीशरणको क्वारेन्टाइनमा बसेका नागरिकहरुमा कोरोना देखिएको छैन । जिल्ला बाहिर र भारतबाट आउने दंगीशरणका नागरिकहरुलाई क्वारेन्टाइनमा रोख्ने र भारतबाट आउने नागरिकहरुलाई उद्धार गर्ने काम भइरहेको अध्यक्ष चौधरीले बताए । यसैविच मंगलबार मात्र जिल्ला बाहिर र भारतबाट आएका दंगीशरणका १८ जना नागरिकहरुलाई उद्धार गरि क्वारेन्टाइनमा राखिएको छ ।

दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीका अनुसार दंगीशरण ४ का १८ बर्षका, २० बर्षका दुई पुरुष, २० बर्षका एक महिला बाकेँदेखी आएका र ४५ बर्षका एक पुरुष भारत बाट र काठमाण्डौबाट आएका ६१ बर्षका पुरुष रहेकाछन् । त्यसैगरि दंगीशरण १ छरकट्टाका २८ बर्षका, ४० बर्षका र २१ बर्षका तीन पुरुष भारत बाट आएका हुन । यस्तै वडा न. ३ का १७ बर्षका र २० बर्षका दुई पुरुष काठ्मान्डौँ बाट आएका र ४० बर्षका एक पुरुष भारतबाट आएका हुन । यसैगरि वडा न.३ कै ४५ बर्षका एक पुरुष काठ्मान्डौँबाट आएको खुलेको छ भने १८ र ४० बर्षका दुई जना पुरुष भने भारतबाट आएको उनले जानकारी दिए ।

यसैगरी वडा न. २ का २६ बर्षका भारतबाट आएकाृ र २१ बर्षका, २३ बर्षका दुई पुरुष र २५ बर्षिया एक महिला काठ्मान्डौँ बाट आएका हुन् भने वडा न. २ कै २६ बर्षका एक पुरुष काठ्मान्डौँबाट आएकाहुन । सबै जनालाई सुरक्षीत साथ ल्याएर क्वारेन्टाईनमा राखीएको गीरीले जानकारी दिए ।

यसैगरि दंगीशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ शिद्ध पृथ्वी जनता मा.वी. मा मंगलबार २५ बेडको क्वारेन्टाईन थप गरिएको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । विरेन्द्र मा.वि.मा रहेको क्वारेन्टाईनमा अटाउँन सक्ने क्षमता नभएपछि आज फेरी श्रीगाउँमा क्वारेन्टाईन निर्माण गरिएको अधिकृत पौडेलले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित