गन्यारी कृषि सहकारीको अध्यक्षमा लक्ष्मी चौधरी

तुलसीपुर, २२ मंसिर । तुलसीपुर उपमहनगरपालिका १८ स्थित गन्यारी कृषि सहकारीको संचालनक समितिको अध्यक्षमा लक्ष्मी चौधरी चयन भएकि छन् । आइतवार बिजौरीमा भएको सहकारीको चौथो अधिवेशनबाट चौधरीलाई सर्वसहमतिमा चयन गरिएको हो । त्यसैगरि सहकारी संचालक समितिको उपाध्यक्षमा सीता चौधरी, सचिवमा सम्झना चौधरी, कोषाध्यक्षमा उर्मिला चौधरी र सदस्यहरुमा अमृता चौधरी, अनिता चौधरी, सीता चौधरी चयन भएकाछन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वलीले सहकारी मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक हैसियत माथी उठाउनमा ठूलो सहयोग पुग्ने गरेको बताएकाथिए । मान्छेको जिवन परिवर्तन गर्नका निमित्त सहकारीमा थोरै थोरै रकम जम्मा गरेर सामुहिक मार्फत धेरै काम गर्न सकिने भएकोले पछाडीको समयमा सहकारी सवैको रोजाइ बनेको कुरामा उनले जोडदिएकाथिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेको वडा अध्यक्ष वलीले व्यक्तिगत ऋण लगानी गर्नु भन्दा सामुहिक रुपमा ऋण लगाएर व्यवसायी गर्दा राम्रो आम्दानी गर्न सकिने कुरामा बताएकाथिए । राज्यले पनि व्यक्तिगत भन्दा सामुहिक रुपमा व्यवसाय, उद्योग संचालन गर्दै आएकालाई अनुदान दिने गरेकोले सवैले सामुहिक रुपमा व्यवसाय, उद्योग संचालन गर्न सकेमा छिट्टै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएकाथिए । त्यसैगरि उनले गन्यारी सहकारी संस्था मार्फत कुनै पनि व्यवासाय सामुहिक मार्फत संचालन गरेमा वडाबाट ५० प्रतिशनत अनुदान सहयोग गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेकाथिए ।

सहकारीकी अध्यक्ष चम्फी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल किसान महासंघ सहकारी विभागका प्रमुख शेषमणि भण्डारी, मुक्त कम्लरी विकास मंचका कानुनी सल्लाहकार फकला थारु, केन्द्रीय कोषाध्यक्ष विष्णु चौधरी, जिल्ला अध्यक्ष रमिता चौधरी सहकारी अधिकृत शिवा चौधरी, पत्रकार उदिराम चौधरी लगायतले बोलेकाथिए

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित