दङाली युवा नेता मेटमणी चौधरी मन्त्री बन्दै

नेकपा एकीकृत समाजवादीका युवा नेता मेटमणी चौधरी आज मन्त्री बन्दैछन् । समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपालले मेटमणी चौधरीलाई दोस्रो नम्बरमा राखेर आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधामन्त्री शेरवहादुर देउवालाई बुझाएको नेकपा समाजवादी ले जनाएको छ ।

नेकपा समाजवादीका अनुसार मन्त्रीका लागि विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम सिफारिस भएको छ । दाङ क्षेत्र नं. १ वाट प्रत्यक्ष निर्वाचित मेटमणी चौधरी पर्यटन मन्त्री बन्ने सम्भावना रहेको उनि निकट स्रोतले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको कट्टर आलोचकको रुपमा निस्किएपछि मन्त्री बन्नेमा माधव नेपालको दोस्रो रोजाइमा मेटमणी चौधरी परेकाहुन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित