थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या १०९ पुग्यो

घोराही, २७ वैशाख। नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार कुल संक्रमित १०९ मध्ये ३१ जना भने निको भएर घर फर्किसकेका छन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित