खाद्य अधिकार सन्जालद्धारा खोलाले खेत कटान गरेको क्षेत्रमा अनुगमन (फोटो फिचार सहित)

दाङ, ८ भदौ । खाद्य अधिकार सन्जाल दाङ र फियान नेपालले दाङको बाढी क्षेत्रमा अनुगमन गरेको छ । घोराही -९, अस्पारामा हापुर खोलाले धान रोपेको खेत कटान गरेको ठाउँमा अनुगमन तथा घट्नाका विवरण लिएको छ ।

घोराही उपमहानगरपालिकाकी उपमेयर तथा खाद्य अधिकार सन्जाल दाङका अध्यक्ष हुमा डिसीको नेतृत्वमा फियान नेपालका लुम्बिनी प्रदेश संयोजक सुरेश गौतम र अधिकारकर्मी, पत्रकारको टोलीले क्षती भएको खेत र त्यहाँका स्थानीयसंघ भेट गरेको छ । अनुगमन पछि उपमेयर डिसीले जनताको हरेक समस्यालाई नजिकबाट नियाल्ने अबसर पायकोले आफुले सक्दो समस्या समाधानका लागि पहल गर्ने बताइन् ।

फियान नेपाल लुम्विनी प्रदेशका संयोजक सुरेश गौतमले किसानले खेती गरेको जमिनमा बाढी पसेकाले खानाबाट बन्चित हुने अबस्था आउन सक्ने चिन्ता व्यक्त व्यक्त गरेकाथिए । उनले किसानले गरेको धान खेतिलाई कटानबाट रोक्नको लागि स्थानीय सरकारले दीर्घकालीन समाधानको उपाय खोज्नु पर्ने बताएका थिए ।


सोहिक्रममा अनुमगन टिमलाई स्थानीय अम्मर भण्डारीले यहि साता आएका बाढीले घोराही ९ अस्पारामा हापुर खोलाले दुइ विघा भन्दा धेरै किसानले रोपेका खेत कटान गरेको जानकारी दिए । बाढीले खेत कटान गरेपछि किसान धेरै मर्कामा परेको उनले दुःख व्यक्त गरे । माना रोपेर मुरी फलाएर बर्ष दिनको लागि खाने खेत बाढीले बगाएपछि यहाँका किसान विचल्लीमा परेको उनको भनाइथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित