माननीय शान्ता चौधरी, जब पहिलो दिन आफ्नो कक्षामा प्रवेश गरिन् (तस्विर सहित)

काठमाण्डौं, २९ साउन । गत साता कक्षा ११ मा भर्ना भएकी नेकपा संघिय संसदीय दलकी सचेतक शान्ता चौधरी आज बुधवार विहान आफ्नो पढ्ने स्कूल नयाँ बानेश्वर स्थित रत्नराज्य माध्यमिक विद्यालय मा पूगिन । विद्यालयका शिक्षकशिक्षिकाहरुको सहयोगमा जब उनि आफ्नो कक्षा कोठामा प्रवेश गरिन्, त्यहाँ बसेको विद्यार्थीहरु एकाएक ज¥याक्जुरुक्क उठे, त्यो देखेर उनले भनिन्,–‘बस्नुस्,–बस्नुस् म तपाईहरुको नयाँ साथी, मेरो नयाँ साथी तपाईहरु, अब देखि म पनि तपाईहरुसंगै बसेर पढ्ने हो, मलाई सिकाउनु पर्छ है त ।’

यति कुरा भनेपछि कोहि विद्यार्थीहरु अनौठो माने भने कोहि पत्याएनन् पनि । तर, नपत्याएर के गर्नु जब उनले आफ्नो परिचय संगै आफ्नो रोल नं. ६२ रहेको बताइन, त्यसपछि त्यहाँ भएका विद्यार्थी चकित पर्दै सबैले एक अर्काको परिचय दिए र आफुसंगै उनलाई बस्न अनुरोध गरे, र उनि कक्षाको सवैभन्दा अगाडि देब्रे साइडको छेउमा त्यहि साथीहरुसंग क्लासमा बसिन्, तर विहानै धेरै वैठकमा सहभागि हुनुपर्ने भएकोले उनि पुरै क्लास भने लिन पाइनन्, ।

पहिलो दिन क्लास लिइसेकपछि आफ्नो उपस्थितिले त्यहाँका विद्यार्थीहरु निकै उत्साहित भएको बताइन । यसैबर्ष आफ्नै छोरी संगै एस इइमा उतिर्ण गरेकि सांसद शान्ता चौधरी मानविकी संकायमा समाजशास्त्र विषय लिइकीछिन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित