गुल्मीमा एमाले र समाजवादीबीच एकताको घोषणा, जिल्ला इन्चार्जसहित दर्जनौं नेता फर्किए एमालेमा

गुल्मी, २० भदौ । गुल्मीमा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुने भएको छ । सोमबार एमाले जिल्ला कार्यालय मदन–आश्रित स्मृति भवनमा पत्रकार सम्मेलन गरी दुवै पार्टीबीच औपचारिक रूपमा पार्टी एकताको घोषणा गरिएको हो।

नेकपा एमालेमा केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछा तथा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारीले एकतापत्रमा हस्ताक्षर गरेका छन्।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा गुल्मीका वामपन्थी शक्तिको अग्रणी र गौरवपूर्ण भूमिका रहेकाले फेरि पनि वामपन्थी एकताको सन्देश गुल्मीबाटै दिइएको बताएका छन् ।

एकीकृत समाजवादीका जिल्ला इन्चार्ज खनालले आगामी ४ मंसिरको संघीय तथा प्रादेशिक निर्वाचन देशका लागि दूरगामी महत्वको राजनीतिक परिघटना भएकाले वामपन्थी एकताको सन्देशसहित अभियान सुरु गरिएको बताए।

एकीकृत समाजवादीका खनाल र भण्डारीसहित युवासंघका केन्द्रीय सचिव हिमाल थापा, जिल्ला सचिवालय सदस्य मदन विष्ट, मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदीप घिमिरेलगायतका एक दर्जनभन्दा बढी नेता एमालेमै फर्किएका छन्।

सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई पार्टीबीचको एकताले देशभरका वामपन्थीलाई एकताबद्ध बन्न प्रेरणा थपेको बताएका छन्। केही वर्ष मात्रै एमालेबाट माधव नेपाल पक्ष छुटिएर एकीकृत समाजवादी पार्टी निर्माण गरिएको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित