रास्वपाका मन्त्रीहरूले आजै राजीनामा बुझाउने, समर्थन कायम राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो । यससँगै रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री डा. तोसिमा कार्कीले आज राजीनामा दिने भएका हुन् । अर्याल श्रममन्त्री खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री थिए ।

यदपी सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित