देशभर थप १०६९ जनामा कोरोना संक्रमण, ७६८ जना निको भएर घर फर्किए


काठमाण्डौ, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन । उनका अनुसार मंगलबार थपिएका संक्रमित मध्ये महिला ३४४ र पुरुष ७२५ रहेकाछन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको उनले बताए । तर प्रवक्ता डा. गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।

उनको अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने अहिलेसम्म निको हुनेको कुल संख्या २२ हजार १७८ जना रहेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित