महिला हिंसा न्यूनिकरणका लागि सोचमा परिवर्तन गर्नुपर्नेमा जाेड

दंगीशरण, २४ फागुन । सोचमा परिवर्तन नआउँदा सम्म महिला हिंसा न्यूनीकरण नहुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । दंगीशरण गाउँपालिका महिला तथा बालबालीका शाखाले आयोजना गरेको १ सय ११ औँ अन्र्तराष्ट्रिय महिला दिवस २०७७ को अवसरमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

प्रदेश सभा सदस्य धमकली चौधरीले जवसम्म महिलाहरु प्रति हेरीने दृष्टिकोणम परिवर्तन आउँदैन तवसम्म महिलाहरुप्रति गरिने हिंसामा कमी नआउँने बताइन । अहिले पनि पुरुष र महिलामा विभेद छ, उनले भनिन्, महिलाहरुलाई पनि पारीश्रमीक ज्यालामा समानता हुने पर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी चौधरीले महिलाहरु अव आफ्नो अधिकारको लागि आफैँ आवाज उठाउँन जरुरी रहेको कुरामा जोड दिइन् ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले समय फरिएकाले कानुन फेरीएकाले अव महिलाहरु आफैँ जागरुक हुन जरुरी रहेको धारणा राखे।यसैगरि महिला मानवअधिकारकर्मी शुष्मा गीरीले अझै पनि हरेक तहमा महिलाहरुको संख्यामा कमी भएको बताइन । स्थानीय तह आईसक्दा पनि जनप्रतिनिधि देखी लिएर कर्मचारीमा प्रमुख पदमा महिलाहरु नरहनु दुखद कुरा रहेको उनको भनाइथियो ।

“महिलाहरुको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा दंगीशरण गाउँपालिकाका कार्यपालिका सदस्य दिल कुमारी वि.क., अन्र्तपार्टि महिला संजालका सचिव पद्मा दहित, ओरेक नेपालकि केंन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सुनीता मैनाली, नेपाली कांग्रेसका शोभाकर न्यौपान, त्रीसिद्ध महिला सहकारीका अध्यक्ष विष्णा गौतम, महिला स्वयमसेविका गोमा न्योपाने लगायतले बोलेकाथिए ।

यसैगरि श्रमिक दिवसको अवसरमा मा.वि. तहका विधार्थीहरुका लागि वक्तृत्वकला प्रतीयोगिता भएको थियो । जसमा ज्ञानोदय ईंलीस बोर्डिङ्गकी ममता वली प्रथम, मा.वि.मधपुरकि पिमा डांगी द्धितीय, भानु मा.वि.की सबिना खड्का तृतीय भएको थिए । प्रतियोगीहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला बालबालीका शाखा प्रमुख चन्दा वलीले गरेकिथिइन ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित