पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै कालीपोखरी

रोल्पा, १४ कार्तिक । रोल्पाको कालीपोखरीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको छ । रोल्पा नगरपालिका–४ स्थित सामुदायिक वनमा पर्ने कालीपोखरीलाई आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।

प्राकृतिक रूपमा सुन्दर रहेको कालीपोखरीको धार्मिक रूपमा पनि उत्तिकै महव रहेकाले यसको प्रवर्द्धनमा आफूहरू जुटेको स्थानीय बासिन्दाको भनाइ छ । विशेषगरी लकडाउनको समयमा आन्तरिक पर्यटन प्रवर्द्धनको परिकल्पना गरिएको नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा स्थानीय महेश न्यौपानेले बताए ।

आफ्नो पुख्र्यौली खेतबारी नियाल्न गाउँ पुग्ने क्रममा नयाँ सोचाइको विकास भएसँगै आफूहरूले पर्यटन विकासका लागि योजना बनाएको उनको भनाइ छ । कालीपोखरीको विकासका लागि रोल्पा नगरपालिकाले समेत चासो दिएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित